सिमरामा ५२ लाख भन्दा बढीका सामानसहित ट्रक नियन्त्रणमा


eShilalekh

१० श्रावण २०८२, शनिबार १३:४१

सिमरा: बारा प्रहरीले ठूलो परिमाणमा भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको छ।

विशेष सूचनाका आधारमा प्रहरीले करिब ५२ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको भन्सार छली गरिएको सामानसहित एक ट्रक नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीको नेतृत्वमा खटिएको प्रहरी टोलीले वीरगन्जबाट नारायणगढतर्फ जाँदै गरेको ना. ४ ख ५६७२ नम्बरको ट्रक सिमरा चोकस्थित राजमार्गमा रोकेर जाँच गर्दा उक्त सामान बरामद गरेको हो।

ट्रकबाट कपडा, साइकल पार्ट्स, केमिकल, विभिन्न प्रकारका औषधीलगायतका खुद्रा सामानहरू बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद सामानको अनुमानित मूल्य ५२ लाख ७० हजार ९३ रुपैयाँ रहेको छ।

हाल ट्रक र सामानलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्