बागमती नदीमा डुबेर एक भारतीय युवकको मृत्यु


eShilalekh

१० श्रावण २०८२, शनिबार १६:०४

रौतहटः रौतहटको चन्द्रपुर नगरपालिका १ नुनथरस्थित बागमती नदीमा डुबेर एक भारतीय युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बिहार सीतामढी जिल्लाको ग्राम जमुआहा १ पञ्चायत मठियाका १४ वर्षीय पवनकुमार साह रहेका छन् ।

शुक्रबार साँझ ७ बजे साह जल लिने क्रममा नदीमा डुबेर बेपत्ता भएका थिए । खोजी कार्य जारी रहँदा उनको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले घटनास्थलदेखि करिब १५० मिटर दक्षिणमा रहेको झोलुङ्गे पुल नजिकै साहको शव तैरिरहेको अवस्थामा फेला पारेको हो।

आवश्यक कानूनी प्रक्रिया पश्चात् शव परिवारलाई हस्तान्तरण गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्