स्प्रे–ट्यांकी वितरणका लागि वडा कार्यालयले तेस्रो पटक माग्यो आवेदन


eShilalekh

१२ श्रावण २०८२, सोमबार १९:२७

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ को कार्यालयले इलेक्ट्रिक स्प्रे–ट्यांकी वितरणका लागि वडाबासीसंग आवेदन माग गरेको छ । कृषक लक्षित कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षको बजेटबाट खरिद खरिएको स्प्रे–ट्यांकी वडा कार्यालयले वितरण गर्ने भएको हो ।

स्प्रे–ट्यांकी लिनका लागि पाँच कठ्ठा भन्दा बढी जमिनमा खेती गर्दै आएका कृषकले आवेदन दिन सक्ने कार्यालयले जनाएको छ । कृषकले आवश्यक कागजातसहित आवेदन दिन सक्ने वडाध्यक्ष चयन गुरुङले बताएकी छिन् । उनले साउन १५ गते स्प्रे-ट्यांकी वितरण गरिने बताईन् ।

कृषकले नागरिकताको प्रतिलिपि, लालपूर्जाको प्रतिलिपि, अरुको नाममा जग्गा भए भोग स्वामित्व खुल्ने कागजात, अन्यत्रबाट आएको भए बसाइँसराइँको कागजातसहित निवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्