बारामा सशस्त्र प्रहरीद्वारा लाखौं मूल्य बराबरको अवैध सामान बरामद

सिमरा: सशस्त्र प्रहरीले बाराका विभिन्न स्थानबाट करिब आठ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।
पचरौता नगरपालिका ७ बेनौलिबाट एक मोटरसाइकलसहित कम्प्युटरका पाट्स बरामद गरिएको छ। बरामद सामानको अनुमानित मूल्य ६ लाख ३७ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
यसैगरी बिश्रामपुर गाउँपालिकाको घोडासन, बलिरामपुर र मुसर्वा सीमाक्षेत्रबाट जुत्ता–चप्पल, तन्ना, महिलाका कुर्ता तथा ट्र्याक्टरका पाट्ससहित करिब एक लाख ५० हजार रुपैयाँ बराबरका सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
यसैगरी सिम्रौनगढ नगरपालिका ६ अमरपुरबाट मोबाइल टेम्पर ग्लास बरामद गरिएको छ, जसको अनुमानित मूल्य ३५ हजार रुपैयाँ रहेको छ।
सशस्त्र प्रहरी बल नम्बर १२ गण बाराका प्रहरी उपरीक्षक खुमबहादुर के.सी.का अनुसार बरामद गरिएका सामानहरू वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।