मानव अधिकार एलायन्स चन्द्रपुर नगर कमिटी गठन, ठाडा अध्यक्षमा चयन

रौतहट: मानव अधिकार एलायन्स रौतहटअन्तर्गत चन्द्रपुर नगरपालिकामा नगर कमिटी गठन गरिएको छ। आत्माराम ठाडाको अध्यक्षतामा ९ सदस्यीय नगर कमिटी गठन गरिएको हो।
गठित कमिटीमा अजयनाथ अधिकारी सचिव र सीतामाया मोक्तान कोषाध्यक्षमा चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा प्रेमबहादुर रुम्बा, जनक श्रेष्ठ, बिमला गोले, देवप्रसाद दाहाल र प्रेमशंकर मिश्र रहेका छन्।
नगर कमिटी गठन कार्यक्रम मानव अधिकार एलायन्सका रौतहट जिल्ला अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाको सभाध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि एलायन्सका मधेश प्रदेश अध्यक्ष अनिल तिवारी थिए भने नेकपा एमालेका प्रदेश सचिवालय सदस्य तथा चन्द्रपुर नगर इञ्चार्ज विरबहादुर गोले प्रमुख वक्ताको रूपमा सहभागी थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष तिवारीले मधेश प्रदेशमै मानव अधिकारको क्षेत्रमा अग्रणी भूमिका खेल्ने संस्थाका रूपमा एलायन्सलाई स्थापित गरिने प्रतिबद्धता व्यक्त गरे। उनले ग्रासरुट स्तरमा मानव अधिकारको संरक्षण र प्रवर्द्धनका लागि नगरस्तरका कमिटीहरू प्रभावकारी हुने उल्लेख गरे।
कार्यक्रममा मदन भण्डारी फाउन्डेसनका रौतहट जिल्ला इञ्चार्ज अमरबहादुर आले, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य लोकनाथ पहाडी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको स्वागत मन्तव्य रामबहादुर घलानले र सञ्चालन प्रेमा कुमारी तिमिल्सिनाले गरेकी थिइन्। नवगठित नगर कमिटीका पदाधिकारीहरूलाई मधेश प्रदेश अध्यक्ष तिवारीले सपथ ग्रहण गराएका थिए।