अनेरास्ववियु बाराको संयोजकमा अंसारी र सहसंयोजकमा हुमागाईं

सिमराः नेकपा एमालेको जनसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाराको संयोजकमा अजहरुद्दिन अंसारी र सहसंयोजकमा बालकृष्ण हुमागाईं चयन भएका छन् । अनेरास्ववियु केन्द्रीय समितिले कलैयाका अंसारीलाई संयोजक र निजगढका हुमागाईंलाई सहसंयोजक तोकेको हो ।
जिल्ला संयोजक सम्राट खनाल केन्द्रीय सदस्यमा निर्वाचित भएपछि अनेरास्ववियु केन्द्रीय समितिले अंसारीलाई संयोजकको जिम्मेवारी दिएको हो । अंसारी यसअघि अनेरास्ववियु बाराको सचिव थिए ।
अंसारीले अनेरास्ववियु बाराको प्रचार विभागको उपप्रमुख र कलैया नगर कमिटीको सदस्य रहेर काम गरिसकेका छन् ।
यसैगरी सहसंयोजकको जिम्मेवारी पाएका हुमागाईं गौरीशंकर क्याम्पसको स्ववियु अध्यक्ष हुन् । चैतमा सम्पन्न निर्वाचनमा हुमागाईं स्ववियु अध्यक्षमा निर्वाचित भएका थिए ।