सुबोध स्मृति पत्रकारिता पुरस्कार शाहलाई प्रदान गरिने


eShilalekh

१७ श्रावण २०८२, शनिबार १५:०९

सिमराः प्रतीक दैनिकले यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार वीरगन्जका पत्रकार क्रान्ति शाहलाई प्रदान गर्ने भएको छ । प्रतीक प्रकाशन समुहको शनिबार बसेको बैठकले स्वर्गीय फोटोपत्रकार सुबोध सिंहको स्मृतिमा स्थापित उक्त पुरस्कार शाहलाई प्रदान गर्ने निर्णय गरेको हो ।

५१ हजार राशीको उक्त पुरस्कार प्रतीक दैनिकको भदौ १ गते हुने वार्षिकोत्सब कार्यक्रममा प्रदान गरिनेछ । पत्रकार शाह अन्नपूर्णपोष्ट पत्रिका र मधेस खबर अनलाइनमा आवद्ध छन् ।

यसैगरी प्रतीक दैनिकले यस वर्ष उत्कृष्ट स्तम्भकारका रुपमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष तथा आर्थिक अभियान दैनिकका संवाददाता ओमप्रकाश खनाल र उत्कृष्ट संवाददताका रुपमा प्रतीक दैनिकका संवाददाता प्रमोद यादवलाई सम्मानित गर्ने निर्णय गरेको छ ।

प्रतीक दैनिकले सुबोध स्मृति पत्रकारिता पुरस्कारबाट प्रत्येक वर्ष एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । यस इशिलालेख डटकमका संचालक एवम् अन्नपूर्ण पोष्ट दैनिकका बारा संवाददता दिवाकर भण्डारीले उक्त पुरस्कार २०७८ सालमा प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्