रौतहटमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते


eShilalekh

१८ श्रावण २०८२, आईतवार १७:२४

रौतहटः रौतहटमा आइतबार बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन् । मृत्यु हुनेमा कटहरिया नगरपालिका ५ का ६० वर्षीय सुशिल कुमार क्षेत्री रहेका छन् ।

फतुवा विजयपुर नगरपालिका १० दुधिअवामा विजयपुरबाट जंगलसैया जाँदै गरेको प्रदेश २–००३–००५प ३ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउदै गरेको पिकअप गाडीले ठक्कर दिएको ईलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरिक्षक सुरेन्द्र यादवले बताएका छन् ।

दुर्घटनामा क्षेत्रीको दाहिने खुट्टामा गम्भीर चोट लागेको थियो भने मोटरसाईकलमा सवार उनकी श्रीमती ५५ वर्षीया रिता रोक्काको खुट्टामा सामान्य चोट लागेको छ ।

घाइते दम्पतीलाई उपचारका लागि तत्काल वीरगन्जस्थित नेशनल मेडिकल अस्पताल पठाईएको थियो । तर उपचारका क्रममा क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएकी रोक्काको उपचार भईरहेको छ ।

ठक्कर दिने गाडी र चालक फरार छन् । उनिहरुको खोजीकार्य जारी रहेको प्रहरी निरीक्षक यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्