महोत्तरीमा बाढीले बगाउँदा एक युवकको मृत्यु


eShilalekh

२६ श्रावण २०८२, सोमबार १८:००

सिमराः महोत्तरीको बलवा नगरपालिका २ मा रातो खोलामा आएको बाढीले बगाउँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरी गाउँपालिका ३ डाम्हीका अन्दाजी ३० वर्षीय चन्दनकुमार ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक नन्दकिशोरप्रसाद चौहानले जनाएका छन् ।

बलवा नगरपालिका ३ पडौल बजारबाट डिजल लिएर फर्कने क्रममा खोलामा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको प्रहरी निरीक्षक चौहानले बताए ।

प्रतिक्रिया दिनुहोस्