ब्राउन सुगरसहित दुई युवक पक्राउ


eShilalekh

२२ आश्विन २०८२, बुधबार १८:१०

धनुषाः धनुषामा लागूऔषध ब्राउन सुगर (खैरो हिरोइन) सहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिराहाको मिर्चेया नगरपालिका ७ का २४ वर्षीय निरजन यादव र सप्तरीको राजविराज नगरपालिका ९ का ३१ वर्षीय रोहनकुमार सिंह रहेका छन्।

उनीहरूलाई धनुषाको गणेशमान चारनाथ नगरपालिका ७ पोर्ताहा नजिकैको पूर्वपश्चिम राजमार्गबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए। प्रहरी टोलीले राजमार्गमा चेकपोस्ट स्थापना गरी जाँच गर्ने क्रममा बा.प्र.०३–००३ प २०८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूबाट ब्राउन सुगर फेला पारेको हो।

पक्राउ परेका यादव र सिंहमाथि थप अनुसन्धानका लागि म्याद थप गरी कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्