सर्लाहीमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु


eShilalekh

२३ आश्विन २०८२, बिहीबार १५:१३

सर्लाही: सर्लाहीको कौडेना गाउँपालिका २ फूलपरासीमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४२ वर्षीया नयनदेवी यादव रहेकी जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरीका अनुसार सर्पले टोकेपछि उनलाई परिवारका सदस्यले नजिकैको विषहरा बाबा मन्दिरमा झारफुकका लागि लगेका थिए। तर अवस्था गम्भीर भएपछि मात्र अस्पताल लगिएको थियो।

अस्पताल पुग्नेबित्तिकै चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए। अस्पतालका स्वास्थ्यकर्मीका अनुसार बिरामीको मृत्यु भइसकेकाले सर्पदंशविरुद्धको एन्टीस्नेक भेनम प्रयोग गर्न सकिएको थिएन।

प्रादेशिक अस्पतालले मृत घोषणा गरेपछि पनि परिवारले उनलाई नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा लगेका थिए ।

उपचार केन्द्रका इन्चार्ज तथा स्वास्थ्यकर्मी जगरनाथ यादवका अनुसार बिरामीको मृत्यु भइसकेकाले शव घर लैजान सुझाव दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्