टिकटक भिडियो बनाउँन खोलामा हामफाल्दा बेपत्ता भएका युवकको शव भेटियो

सिमरा: टिकटक भिडियो बनाउन भन्दै खोलामा हामफालेका बारा प्रसौनी २ का २१ वर्षीय बिक्की गोसाईंको शव शुक्रबार बिहान फेला परेको छ । बेपत्ता भएको ६ दिनपछी बाराको फेटा गाउँपालिका १ त्रिवेणी खोलामा गोसाईंको शव भेटिएको हो ।
उनी असोज १९ गते बेपत्ता भएका थिए । टिकटक भिडियो बनाउन भन्दै अर्का एक युवकसंग गोसाईं प्रसौनी २ स्थित दुधौरा खोलामा हामफालेका थिए । अर्का युवक पौडेर निस्किएपनी गोसाईँ भने बेपत्ता भएपछी खोजी भइरहेको थियो ।
युवकको शवलाई खोलाको बगरमा देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले इशिलालेखलाई जानकारी दिए । उक्त शव गोसाईं खुल्न आएको पण्डितले बताए ।