सिरहामा दुई सय किलोभन्दा बढी लागूऔषध गाँजा बरामद

सिरहाः सिरहामा प्रहरीले शुक्रबार बिहान ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बलको गस्ती टोलिले भगवानपुर गाउँपालिका २ स्थित बलान नदी किनारबाट दुई सय १९ किलो चार सय ग्राम गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल सिरहाका प्रमुख नरेश भण्डारीका अनुसार उक्त गाँजा खोलाको किनारमा लुकाइएको अवस्थामा ९ वटा बोरा भित्र फेला परेको हो ।
गाँजा लुकाउने व्यक्ति वा समूहको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।