बारामा लाखौं मूल्यका पटाका बरामद गरी पोखरीमा नष्ट


eShilalekh

२५ आश्विन २०८२, शनिबार १९:१४

सिमराः सशस्त्र प्रहरी बलले बाराको आदर्शकोतवाल गाउँपालिका ३ भटिनियाँमा लाखौँ रुपैयाँ बराबरको प्रतिबन्धित पटाका बरामद गरी नष्ट गरेको छ ।

सशस्त्र प्रहरी नायब निरीक्षक संजय यादवको नेतृत्वमा खटिएको गस्ती टोलीले भारतबाट अवैध रूपमा ल्याउँदै गरेको पटाका बरामद गरेको हो ।

ती पटाका तीनवटा भारतीय नम्बर प्लेट भएका मोटरसाइकलमा लुकाएर ल्याइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार बरामद पटाकाको मूल्य करिब दुई लाख पाँच हजार रुपैयाँ र मोटरसाइकलहरूको मूल्य करिब तिन लाख रुपैयाँ रहेको सशस्त्र प्रहरी बल नम्बर १२ गणका गणपति तथा उपरीक्षक (एसपी) खुमबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार बरामद गरिएका पटाका सशस्त्र प्रहरी बल नम्बर १२ गणको मुख्यालय परिसरभित्र रहेको पोखरीमा नष्ट गरिएको हो ।

बरामद मोटरसाइकलहरूलाई आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय वीरगन्जमा बुझाउने तयारी भइरहेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्