जीतपुरसिमराले थप्यो जाडो विदा, पुस १३ र १४ गते विद्यालय बन्द हुने

सिमराः चिसो बढेपछि जीतपुरसिमरा उपमहानगरपालिकाले विद्यालयमा दिइएको बिदा थप गर्ने भएको छ । उपमहानगरपालिकाले पुस १३ र १४ गते बिदा थप गर्ने भएको हो ।
उपमहानगरपालिकाले यसअघि पुस ११ गतेसम्म विदा दिने निर्णय गरेको थियो । तर चिसोसंगै शितलहर हुन थालेपछी उपमहानगरपालिकाले बिदा थप गरेको नगर प्रमुख राजन पौडेलले जानकारी दिए ।
मौसमका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले वर्षे बिदाबाट कट्टा हुने गरी बिदा थप गरिएको उपमहानगरले जनाएको छ ।





