सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


eShilalekh

१ चैत्र २०८२, आईतवार १३:४६

सर्लाहीः सर्लाहीको लालबन्दी नगरपालिका १ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्साको वीरगन्ज महानगरपालिका १ छप्कैया घर भई हाल सर्लाहीको लालबन्दी १ नवलपुर बस्दै आएका ३५ वर्षीय सुनिल महतो रहेका छन् ।

विराटनगरबाट काठमाडौँतर्फ गइरहेको लुप०३–००१ख ०४३० नम्बरको बसले सोही दिशातर्फ गइरहेको प्र२–०३–०१५प ३३९६ नम्बरको मोटरसाइकललाई शनिबार साँझ करिब ७ः३५ बजे ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकल चालक महतो गम्भीर घाइते भएका थिए । प्रहरीले घाइते महतोलाई तत्काल एम्बुलेन्समार्फत उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाएको थियो । तर उपचारकै क्रममा शनिबार राति ९ः०० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न बस र बसचालक दाङ जिल्ला तुलसीपुर नगरपालिका ९ का ३४ वर्षीय गणेश बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लालबन्दीमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्