बजेटमा मधेसः सिराहा र सर्लाहीमा कृषि प्रशोधन केन्द्र स्थापना गर्ने अर्थमन्त्रीको घोषणा


eShilalekh

१५ जेष्ठ २०८३, शुक्रबार १९:२३

सिमरा: सरकारले दुई प्रमुख कृषि उत्पादनका लागि प्रशोधन केन्द्र स्थापना गर्ने घोषणा गरेको छ। शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।

बजेटअनुसार सिराहा जिल्लामा आँप प्रशोधन केन्द्र र सर्लाही जिल्लामा गोलभेँडा प्रशोधन केन्द्र स्थापना गरिनेछ । सरकारको यो घोषणाले कृषकहरूको उत्पादनलाई बजार पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्