हातेमालो सहकारीद्वारा सिमरा चोकमा प्रतिक्षालय स्थापना

सिमरा: सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १९औं स्थापना दिवसलाई रचनात्मक ढंगले मनाएको छ। विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाइरहेको संस्थाले शनिबार जीतपुरसिमरा उपमहानगरपालिका २ सिमरा चोकस्थित राममन्दिर अगाडि प्रतिक्षालयको स्थापना गरेको छ ।
एक कार्यक्रमकाबीच संस्थाका अध्यक्ष रामचन्द्र पौडेलले प्रतिक्षालयको उद्घाटन गरेका थिए । उद्घाटनमा बोल्दै अध्यक्ष पौडेलले व्यवसायिक कारोबार मात्र नभई सहकारीले सामाजिक उत्तरदायित्वलाई सधैं प्राथमिकतामा राख्दै आएको बताए । सिमरा चोकको व्यस्त क्षेत्रमा यात्रुहरूलाई सहज होस् भन्ने उद्देश्यले राममन्दिर अगाडि प्रतिक्षालय निर्माण गरिएको र आगामी दिनमा पनि यस्ता समुदाय केन्द्रीत सामाजिक कार्यहरूलाई निरन्तरता दिइने पौडेलको भनाई थियो ।
स्थापना दिवसको अवसरमा हातेमालोले वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्व झल्काउने विभिन्न रचनात्मक कार्यक्रमहरू सम्पन्न गरिसकेको छ । संस्थाले यसअघि रक्तदान कार्यक्रम, ज्येष्ठ नागरिक सम्मान, बाल सदस्यसँग संवाद, पुरस्कार तथा सम्मान वितरण कार्यक्रम सम्पन्न गरेको थियो ।
सम्बन्धित समाचारः
स्थापना दिवसका अवसरमा हातेमालो सहकारीद्धारा सम्मान तथा पुरस्कार वितरण
स्थापना दिवसमा हातेमालोद्धारा रक्तदान कार्यक्रमको आयोजना, ५१ जनाले गरे रगत दान







