पर्सामा एक सय किलो लागूऔषध गाँजा बरामद, संलग्नको खोजी तीव्र


eShilalekh

३१ जेष्ठ २०८३, आईतवार १२:५६

वीरगञ्जः नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पर्सा जिल्लाबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै विशेष सूचनाका आधारमा खटिएको संयुक्त टोलीले कुल एक सय किलो गाँजा नियन्त्रणमा लिएको जानकारी दिएको हो ।

प्रहरीका अनुसार पर्साको जगरनाथपुर गाउँपालिका ३ स्थित एक खेतमा शङ्कास्पद रूपमा राखिएका पाँच वटा चामलको बोराभित्र लुकाइछिपाई राखिएको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेको थियो ।

बरामद गरिएको लागुऔषध गाँजालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । उक्त अवैध कारोबारमा संलग्न व्यक्तिहरू हाल फरार रहेको र उनीहरूको खोजी कार्यका साथै घटनाबारे थप अनुसन्धानलाई तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्