वीरगन्जबाट काजाखस्तानी महिला नियन्त्रणमा


eShilalekh

३१ जेष्ठ २०८३, आईतवार १७:०२

वीरगन्जः भिसाको अवधि सकिएपछि पनि नेपालमा बसोबास तथा घुमफिर गरिरहेकी एक काजाखस्तानी महिलालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका १६ स्थित शंकराचार्य गेट क्षेत्रबाट २८ वर्षीया एसेल किदिरमोल्दालाई उनका छोरासहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनी भिसाको म्याद समाप्त भइसकेपछि पनि नेपालमा बसोबास तथा घुमफिर गरिरहेको अवस्थामा फेला परेको प्रहरीको भनाई छ । प्रहरीले उनलाई थप अनुसन्धान तथा आवश्यक प्रक्रियाका लागि अध्यागमन कार्यालय वीरगन्जमा बुझाएको छ।

प्रतिक्रिया दिनुहोस्