अपडेट: स्कुटर दुर्घटनामा घाइते एक किशोरीको मृत्यु


eShilalekh

३१ जेष्ठ २०८३, आईतवार २१:२२

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरमा आइतबार भएको स्कुटर दुर्घटनामा गम्भीर घाइते भएकी एक किशोरीको उपचारका क्रममा मृत्यु भएको छ ।

सिमरातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–०३९ प २६८६ नम्बरको स्कुटर अनियन्त्रित भई जीतपुरस्थित भागिरथ लाइन होटल अगाडि दुर्घटना हुँदा स्कुटर चालक जीतपुरसिमरा उपमहानगरपालिका १७ रामनगर निवासी १६ वर्षीया सुप्रिया मोक्तान गम्भीर घाइते भएकी थिइन् ।

दुर्घटनामा उनको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । घाइते मोक्तानको एलएस न्युरो अस्पताल परवानीपुरमा उपचार भइरहेको अवस्थामा मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्कुटरको पछाडि सवार सोही स्थानकी १६ वर्षीया सुप्रिया रुम्बा घाइते भएकी छन् । उनको अनुहार, बायाँ हात तथा दुवै खुट्टामा चोट लागेको छ । रुम्बाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्