मधेशमा कर्मचारीको तलब १० प्रतिशत वृद्धि, १०० दिने रोजगार ग्यारेन्टी कार्यक्रम पनि


eShilalekh

१ असार २०८३, सोमबार १५:३५

जनकपुरधाम: मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सरकारी कर्मचारीको तलब १० प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ । प्रदेश सभामा बजेट प्रस्तुत गर्दै सोमबार अर्थमन्त्री युवराज भट्टराई (समिर) ले कर्मचारीको तलब १० प्रतिशत बढाइएको जानकारी दिए ।

उनले कार्यसम्पादनको मूल्याङ्कनका आधारमा थप १० प्रतिशत प्रोत्साहन भत्ता प्रदान गर्ने व्यवस्था पनि गरिएको बताए ।

बजेटमार्फत सरकारले सुशासन प्रवर्द्धनका लागि सरकारी निकायमा हुने ढिलासुस्तीप्रति नागरिकलाई क्षतिपूर्ति दिने व्यवस्था गर्ने घोषणा गरेको छ । यसका लागि ‘हेल्लो सीएम एप’ र ‘हेल्लो मुख्यमन्त्री टोल–फ्री नम्बर’ सञ्चालनमा ल्याइने अर्थमन्त्री भट्टराईले बताए ।

यसैगरी १८ देखि ३५ वर्ष उमेर समूहका युवालाई लक्षित गर्दै सरकारले ‘१०० दिने रोजगार ग्यारेन्टी कार्यक्रम’ सञ्चालन गर्ने भएको छ। उक्त कार्यक्रममार्फत युवालाई रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य लिइएको सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्