घरको छतबाट लड्दा कोल्हवीका एक जनाको मृत्यु

सिमरा: बाराको कोल्हवी नगरपालिका ३ जुगुवा टोलमा घरको छतबाट लड्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय सोभालाल चौधरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मंगलबार बिहान उनी आफ्नै एकतले पक्की घरको छतमा पिसाब फेर्ने क्रममा अचानक लडेर गम्भीर घाइते भएका थिए । चौधरीको टाउको र मुखमा गम्भीर चोट लागेको थियो ।
उनलाई तत्काल उपचारका लागि कोल्हवीस्थित तामागढी अस्पताल लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि चौधरीलाई परवानीपुरस्थित एलएस न्यूरो अस्पताल लगिएको र उपचारका क्रममा बिहान करिब ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन् ।







