कलेजको छतबाट हाम फालेर वीरगञ्जका एक विद्यार्थीद्वारा आत्महत्या


eShilalekh

२ असार २०८३, मंगलवार १४:००

वीरगञ्जः ललितपुरको जावलाखेलस्थित डिएभी कलेजमा प्लस टु मा अध्ययनरत १८ वर्षीय एक विद्यार्थीले कलेजको छतबाट हाम फालेर आत्महत्या गरेका छन् ।

पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २२ घर भई हाल ललितपुरमा अध्ययन गरिरहेका आर्यन सिंहले सोमबार बिहान करिब १० बजे कलेजको चार तला माथिबाट हाम फालेका हुन् ।

घटना लगत्तै उनलाई उद्धार गरी उपचारका लागि नजिकैको सुमेरु अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक सिंहको साथबाट एउटा ’सुसाइड नोट’ समेत फेला परेको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्