रौतहटमा टिपरको ठक्करबाट एक युवकको मृत्यु, दुई जना घाइते


eShilalekh

२ असार २०८३, मंगलवार २०:२९

सिमराः रौतहटको गरुडामा टिपरको ठक्करबाट मंगलबार दिउँसो एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक कटहरिया नगरपालिका ६ फतेपुरका २० वर्षीय शेख स्वयलको मृत्यु भएको प्रहरीले जनाएको छ।

गरुडा चिनीमिल नजिक ढुङ्गा–गिटी बोकेको मधेश प्रदेश ०३-००१ क २५१६ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको ना २८ प ७२५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार गरुडा नगरपालिका ८ जिंगडियाका २२ वर्षीय शेख आशिक र तीन वर्षीय महम्मद कम्रान घाइते भएका छन् । उनीहरू दुवैको उपचार भइरहेको बताइएको छ ।

ठक्कर दिने टिपर र चालकलाई इलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्