पोखरीमा डुबेर कलैयामा दुई बालिकाको मृत्यु

सिमरा: कलैया उपमहानगरपालिका ६ पर्सा टोलस्थित एक पोखरीमा शनिबार दिउँसो नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कलैया उपमहानगरपालिका ६ पर्सा टोल निवासी विजय मण्डलकी ६ वर्षीया छोरी सृजना कुमारी मण्डल र सोही ठाउँ निवासी संजय मण्डलकी पाँच वर्षीया छोरी अञ्जली कुमारी मण्डल रहेका छन् ।
स्थानीय दिपेन्द्र साहको हाँस पाल्ने पोखरीमा नुहाउन गएका दुई बालिका डुबेका थिए । उनीहरूलाई तत्काल उदार गरि उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो ।
अस्पतालमा चिकित्सकले दुवै बालिकाको मृत्यु भएको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए । मृतक बालिकाको शव शल्यपरीक्षणपछी आफन्तले बुझेका छन् ।







