जीतपुरसिमरा ९ मा गार्मेन्ट फेब्रिकेटर तालिम सम्पन्न, उपप्रमुखद्वारा प्रमाणपत्र वितरण


eShilalekh

८ असार २०८३, सोमबार १७:५७

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत वडा नम्बर ९ मा सञ्चालन गरेको प्राविधिक सीप विकास (गार्मेन्ट फेब्रिकेटर) तालिम सोमबार सम्पन्न भएको छ । जेठ २३ गतेदेखि सञ्चालन भएको तालिम विशेष कार्यक्रमबीच सम्पन्न गरिएको हो ।

तालिम समापन कार्यक्रममा नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै सीपमूलक तालिमले स्वरोजगार र आत्मनिर्भरता विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतारेर सफल उद्यमी बन्न सहभागीहरूलाई आग्रह गरे ।

कार्यक्रममा वडाध्यक्ष मोतीलाल पासवान, कार्यपालिका सदस्य प्रभावती पासवान, कार्यपालिका सदस्य सुकुमाया कुमारी, अनुगमन समिति सदस्य रिना बजगाईं तथा कर्मचारीहरू रोजगार संयोजक महमद नसिमुल गनी, दिपनारायण चौधरी र उषा बुढाथोकीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्