छातापिपरामा मोटरसाइकल दुर्घटना, पैदल यात्रुसहित तीन जनाको मृत्यु


eShilalekh

८ असार २०८३, सोमबार १९:३२

सिमरा: बाराको जीतपुरसिमरा उपमहानगरपालिका ९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जीतपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा६८प ७५९१ नम्बरको मोटरसाइकलले छातापिपरा चोकमा सडक पार गर्दै गरेका पैदल यात्रुलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना युवक र एक पैदल यात्रुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन् ।

मृतकमध्ये दुई जनाको पहिचान खुलेको छ । पहिचान खुलेअनुसार मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैया घर भई हाल काठमाडौं बसोबास गर्दै आएका २० वर्षीय सभ्य अधिकारी र काठमाडौं टोखा नगरपालिकाका २० वर्षीय डिजेन जोशी रहेका छन् । पैदल यात्रुको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि घाइते सबैलाई उपचारका लागि अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । शवहरू हाल बयोधा अस्पताल र नारायणी अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्