पर्सामा चार किलोभन्दा बढी लागूऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ


eShilalekh

२७ असार २०८३, शनिबार १७:५४

वीरगञ्जः पर्साको ठोरी गाउँपालिका ३ बुद्धनगरस्थित सडकखण्डबाट प्रहरीले लागूऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार प्रदेश, पश्चिमी चम्पारणका २२ वर्षीय रुपेश कुमार रहेका छन् ।

इलाका प्रहरी कार्यालय ओडारबाट खटिएको प्रहरी टोलीले भारततर्फ जाँदै गरेको बीआर २२ आर ७१६८ नम्बरको मोटरसाइकललाई रोकेर जाँच गरेको थियो ।

जाँच गर्दा उक्त मोटरसाइकलको डिक्कीभित्र रातो प्लास्टिकले बेरेर लुकाइछिपाइ राखिएको अवस्थामा चार किलो चार सय ५० ग्राम गाँजा बरामद भएको हो ।

बरामद गरिएको गाँजा र मोटरसाइकलसहित नियन्त्रणमा लिइएका रुपेशविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्