रौतहटका पत्रकार प्रिमेश सिवाकोटीको निधन

सिमराः रौतहटका युवा पत्रकार प्रिमेश सिवाकोटीको निधन भएको छ । चन्द्रपुर नगरपालिकास्थित आफ्नै निवासमा ३६ वर्षीय सिवाकोटीको निधन भएको हो ।
सिवाकोटी केही समयदेखी अस्वस्थ थिए । उनी मिर्गौलाको समस्यासँग जुधिरहेका थिए । पछिल्लो पटक जण्डिस देखा परेपछि थलिएका सिवाकोटीलाई उपचारका लागि चितवन समेत लगिएको थियो ।
चितवनबाट आइतबार घर ल्याइएका सिवाकोटीको निधन भएको हो । उनको बागमती नदीमा अन्त्येष्टी गरिएको छ ।
सिवाकोटी अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकमा कार्यरत थिए । उनी नेपाल प्रेस युनियन रौतहटका सभापति समेत थिए ।







