बारामा खाल्डोमा डुबेर ११ वर्षीया बालिकाको मृत्यु

सिमराः बाराको करैयामाई गाउँपालिका ३ मा बुधबार साँझ खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय शिवनारायण चौधरीकी ११ वर्षीया छोरी रोशनी चौधरी रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक (डीएसपी) मिनबहादुर घलेका अनुसार बाख्रा चराउन गएका बेला गौतम इँटा उद्योग परिसर नजिक रहेको खाल्डोमा उनि डुबेकी थिइन् । बालिका हराएको जानकारी पाएपछि स्थानीयले खोजी गर्ने क्रममा खाल्डोको पानीमा बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएलगत्तै गञ्जभवानीपुर प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय बाराबाट अनुसन्धान अधिकृतसहितको टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैया पठाएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।







