सिमखोलाको बाढीमा स्कुटरसहित बेपत्ता सर्लाहीका महेश मृत अवस्थामा फेला

सिमराः सिमखोलाको बाढीमा स्कुटरसहित बेपत्ता भएका सर्लाहीका ३० वर्षीय महेश कार्की मृत अवस्थामा फेला परेका छन् ।
सोमबार दिउँसो काठमाडौंबाट हेटौंडातर्फ आउने क्रममा कुलेखानी ड्याममुनि सिमखोलामा आएको बाढीले बा.प्र. ०२–०३२ च ८०५४ नम्बरको स्कुटरसहित कार्कीलाई बगाएको थियो ।
मंगलबार सडकबाट करिब सय मिटरमुनि खोलामा स्कुटर र ब्लुबुक फेला परेपछि मात्र मृतकको पहिचान खुलेको हो ।
खोलाको बहाव कम भएपछि बुधबार अपराह्नदेखि डोजर लगाएर बालुवा खोतल्ने क्रममा कज वेबाट करिब दुई सय मिटर तल बालुवाले पुरेको अवस्थामा कार्कीको शव फेला परेको खानीखेतस्थित सशस्त्र प्रहरी बलले जनाएको छ ।







