नेरामावि सिमराका शिक्षक र विद्यार्थीद्वारा बिरामी छात्राको उपचारका लागि आर्थिक सहयोग


eShilalekh

३२ असार २०८३, बिहीबार १३:५३

सिमराः नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरामा अध्ययनरत एक जना बिरामी छात्राको उपचारका लागि विद्यालय परिवारले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

विद्यालयको कक्षा १२ मा अध्ययनरत छात्रा अञ्जली फुयाँलको दुवै कानमा देखिएको गम्भीर स्वास्थ्य समस्याको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले शिक्षक तथा विद्यार्थीहरूले स्वतःस्फूर्त रूपमा आर्थिक सहयोग संकलन गरेका हुन् ।

संकलन अभियान अन्तर्गत जम्मा भएको बत्तीस हजार दुई सय पैँतालीस रुपैयाँ विद्यालयका प्रधानाध्यापकमार्फत बिरामी छात्रा फुयाँललाई हस्तान्तरण गरिएको छ ।

पीडित छात्रा फुयाँलको पारिवारिक आर्थिक अवस्था अत्यन्तै कमजोर रहेका कारण यतिबेला उनको परिवारलाई उपचार खर्च जुटाउन निकै सकस भइरहेको छ । उनको उपचारलाई थप सहज बनाउन विद्यालय परिवारले देश विदेशमा रहनुहुने सहयोगी मन, विभिन्न संघसंस्था तथा दाताहरूलाई आ-आफ्नो तर्फबाट सक्दो आर्थिक सहयोग गरिदिन हार्दिक अपिल समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्