बारामा लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

सिमराः बाराको विश्रामपुर गाउँपालिकाबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका-५ का २२ वर्षीय विशाल सहनी र २६ वर्षीय रोशन कुशवाहा रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगन्ज पर्सा र प्रहरी चौकी मुसहर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना-१२-प-३७१६ नम्बरको मोटरसाइकल रोकी जाँच गरेको थियो ।
जाँच गर्ने क्रममा मोटरसाइकलको अगाडिको भाइजरमा प्लास्टिकको पुँडियाभित्र लुकाइछिपाई ल्याएको अवस्थामा ४.५१ ग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय प्रसौनीको हिरासतमा राखी बारा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





