सर्लाहीमा १७ लाखभन्दा बढीको अवैध पटका र कपडा बरामद


eShilalekh

१३ कार्तिक २०८३, शुक्रबार १४:२७

सर्लाही: सर्लाहीको मलंगवामा सुरक्षाकर्मी र भन्सार कार्यालयको संयुक्त टोलीले ठूलो मात्रामा लुकाइछिपाइ राखिएको अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १० गण हेडक्वाटर सर्लाही तथा मातहतका युनिट र भन्सार कार्यालय मलंगवाबाट खटिएको संयुक्त टोलीले मलंगवा नगरपालिका-१ भेडैया दशगजा नजिकै एक व्यक्तिको घर तथा गोठमा छापा मारेको हो।

उक्त खानतलासीका क्रममा प्रतिबन्धित पटका र अवैध रूपमा चोरी पैठारी गरी ल्याइएका कपडाहरू फेला परेका छन्। बरामद गरिएका सम्पूर्ण सामानहरूको कुल बजार मूल्य करिब १७ लाख ३५ हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।

हाल बरामद गरिएका ती सामानहरू आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तथा पटकाहरूलाई नष्ट गर्ने प्रक्रिया अगाडि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्