देउवा पक्षीय कांग्रेस बाराको सभापतिमा राजेश राय यादव पुनः सर्वसम्मत चयन

कलैया: शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेस बाराको १५औं जिल्ला अधिवेशनबाट राजेश राय यादव पुनः जिल्ला सभापतिमा सर्वसम्मत रूपमा चयन भएका छनछन् । बाराको कलैया उपमहानगरपालिका-१ स्थित राजजानकी मन्दिरको प्राङ्गणमा आइतबार सम्पन्न जिल्ला अधिवेशनबाट यादवको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
पूर्व खानेपानी मन्त्री उमाकान्त चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्नकार्यक्रममा संविधानसभा सदस्य एवम पूर्व केन्द्रीय सदस्य राधेचन्द्र यादव, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति सोधीलाल मण्डल, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति मुस्ताक अन्सारी, क्षेत्र नम्बर ३ की क्षेत्रीय सभापति कलावती पासवान र क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति हरेन्द्रप्रसाद यादवको उपस्थिति रहेको थियो ।

यसैगरी प्रदेशसभा क्षेत्र नम्बर २(१) का सभापति राजेश साह,२(१) का सभापति हरिलाल राय यादव (बाबा), ३(१) का सभापति सुरेशप्रसाद साह, ३(१) का सभापति हरि प्रवेश यादव, ४(१) का सभापति लेखनाथ खनाल, ४(१) का सभापति गोपालप्रसाद कुशवाहा, कलैया उपमहानगरपालिकाका नगर सभापति दीपेन्द्र कुशवाहा, सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादव, कोल्हबी नगरपालिकाका प्रमुख रामप्रसाद चौधरी, उपप्रमुख सुनैना चौधरीका साथै विभिन्न पालिकाका प्रतिनिधि, वडा सभापतिलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण सञ्चारकर्मी जयनारायण यादवले गरेका थिए ।





