वीरगन्जबाट चोरीको मोटरसाइकलसहित बाराका एक जना पक्राउ

वीरगन्ज: पर्साको वीरगन्ज महानगरपालिका-१६ लिङ्करोडबाट प्रहरीले चोरीको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका ११ का २७ वर्षीय राकेश चौधरी रहेका छन्।
वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले मधेस प्रदेश ०३-०३५ प ७१७५ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकलको लक तोडी डोर्याउँदै भाग्दै गरेको अवस्थामा चौधरीलाई पक्राउ गरेको हो।
उक्त मोटरसाइकल वीरगन्ज महानगरपालिका-२४ रामगढवाका विकाश कुमार कुशवाहाको नाममा दर्ता रहेको छ । मोटरसाइकलसहित पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।





