पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


eShilalekh

१६ कार्तिक २०८३, सोमबार १७:०६

वीरगन्ज: पर्सामा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिराभवानी गाउँपालिका-५ सखुवनियाका ४५ वर्षीय सन्जय खवास रहेका छन्।

जिराभवानी गाउँपालिका-५ स्थित सडकमा खवासले चलाएको बा.४४ प २३०० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका खवासलाई उपचारका लागि वीरगन्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्