पर्सामा अवैध हतियार र नगदसहित दुई जना पक्राउ

वीरगन्जः सशस्त्र प्रहरी बल नेपालले पर्साबाट अवैध हतियार र नगदसहित दुई जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल बी.ओ.पी. प्रसौनीभाठाबाट खटिएको टोलीले विन्दवासिनी गाउँपालिका ५ प्रसौनीभाठास्थित चेकपोइन्टमा भारतीय नम्बर प्लेटको मोटरसाइकल रोकेर जाँच गरेको थियो।
जाँचका क्रममा मोटरसाइकलमा सवार रहेका व्यक्तिले बोकेको झोलाभित्र कपडामा लुकाइछिपाई राखिएको अवस्थामा एक थान डोमी पेस्तोल, ६ राउण्ड डोमी गोली, तीन थान छुरा, नेपाली रुपैयाँ ९ हजार चार सय, भारतीय रुपैयाँ २२ हजार ४०, दुई थान भिभो मोबाइल र विभिन्न प्रकारका औषधि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका दुवै व्यक्ति तथा बरामद सामग्री आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ ।





