जीतपुरसिमरा-१६ मा बाँदर धपाउन बन्दुक पड्काउदा एक घाइते


eShilalekh

१७ कार्तिक २०८३, मंगलवार ०८:१३

सिमरा: बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१६ धर्मनगरमा सोमबार साँझ बाँदर धपाउन भरुवा बन्दुक पड्काउदा छर्राले लागेर एकजना घाईते भएका छन् । घाइते हुनेमा सोही ठाउँका ३३ वर्षीय उत्तम रमौली मगर रहेका छन् । 

मगरको वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल गण्डकमा उपचार भइरहेको छ । घटनालगत्तै उनलाई अस्पताल लगिएको थियो ।

स्थानीय गोविन्द ठाडा मगरले बाँदर धपाउन भरुवा बन्दुक पड्काउदा मगरलाई गोलीको छर्राले लागेको हो । बन्दुक पड्काउने मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको साथबाट दुई नाल भरुवा बन्दुक बरामद भएको बाराका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।

मगरलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्