बारामा जङ्गलभित्र अचेत अवस्थामा पुरुष फेला, पहिचान खुल्न बाँकी

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चोकदेखि १ किलोमिटर उत्तर जङ्गलभित्र अन्दाजी ४२ वर्षीय पुरुष अचेत अवस्थामा फेला परेका छन् ।
प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले फेला परेका पुरुषको तत्काल उद्धार गरी उपचारका लागि नारायणी न्युरो अस्पताल वीरगन्ज पठाइएको जनाएको छ ।
हालसम्म निज व्यक्तिको पहिचान खुल्न नसकेको हुनाले उनको परिचय वा आफन्तबारे जानकारी हुने जोकोहीले पनि जिल्ला प्रहरी कार्यालय बारामा तत्काल सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ । सम्पर्कका लागि प्रहरीको हटलाइन नम्बर १०० तथा मोबाइल नम्बरहरू ९८५५०४५१०१ र ९८५५०४८१०१ मा फोन गर्न सकिनेछ।
फेला परेका व्यक्तिको हुलिया अनुसार गहुँगोरो वर्ण, अन्दाजी ५.५ फिट उचाइ, कालो कपाल भएका तथा निलो रङको जिन्सको हाफपाइन्ट र खरानी रङको टिसर्ट लगाएका छन् ।





