डुमरवानाको सिद्धिबिनायक गणेश मन्दिरमा चोरी

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका-१५ प्रगतिशील टोलस्थित सिद्धिबिनायक गणेश मन्दिरमा मंगलबार राति चोरी भएको छ । रातिको समयमा मन्दिरबाट दान पेटिकाको नगद, घण्टी, कलश चोरी भएको हो ।
मन्दिरमा चोरी कसले गर्यो भन्ने खुलेको छैन । बुधबार बिहान मन्दिरको मुलढोकाको ताला तोडिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयका अनुसार मुल ढोकाको ताला तोडेर प्रवेश गरेका चोरले दान पेटिका फुटाएर रकम चोरी गरेका हुन् । उक्त दानपेटिकामा कति रकम थियो भन्ने यकिन छैन ।
मन्दिरमा चोरी भएको घटनालाई स्थानीयले गम्भीरताका लिएका छन् । प्रहरीले मन्दिरमा चोरी गर्नेको खोजी गरिरहेको छ ।





