रौतहटको गौरमा बेवारिसे अवस्थामा २७ थान गोली बरामद


eShilalekh

२ मंसिर २०८३, बुधबार १४:२३

रौतहट: सशस्त्र प्रहरीले रौतहटको गौर नगरपालिका-१ स्थित कानुपट्टी सीमा क्षेत्रमा बेवारिसे अवस्थामा गोली बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वार्टर रौतहटका अनुसार सीमा सुरक्षा गुल्म गौर र भन्सार सुरक्षा गार्ड गौरबाट खटिएको संयुक्त टोलीले मंगलबार राति नियमित गस्ती गर्ने क्रममा उक्त गोली बरामद गरेको हो।

सीमा क्षेत्रमा शंकास्पद अवस्थामा फेला परेको सेतो प्लास्टिकको झोला जाँच गर्दा भित्र ९ एमएम पेस्तोलमा प्रयोग हुने राउन्डजस्तो देखिने २७ थान गोली भेटिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएका गोली कसले र के उद्देश्यले त्यहाँ छाडेको हो भन्ने बारेमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्