नितनपुरमा लोसपाको पार्टी प्रवेश कार्यक्रम सम्पन्न


eShilalekh

१४ फाल्गुन २०७८, शनिबार १६:४२

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १० नितनपुरमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालको सदस्यता वितरण तथा पार्टी प्रवेश कार्यक्रम शनिवार सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष अवधेस कुमार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै लोसपा रोज्ने २५ जनालाई पार्टीमा स्वागत गरिएको हो ।

कार्यक्रममा लोसपा क्षेत्र नं. ४ (क) का सचिव रामबाबु साह, जीतपुरसिमरा नगर कमिटीका अध्यक्ष शिवजी साह सोनार, नगर सचिव एवम् वडाध्यक्ष सरोजकुमार पटेललगायतले उनिहरुलाई स्वागत गरेका थिए ।

पार्टी प्रवेश गर्नेमा अदालत यादव, लक्ष्मी यादव, भुमि सुधार साह, रामानन्द हजरा, पन्नालाल साह, संजय चौधरी, जवाहर साह, छोटेलाल हजरा, ब्रम्हानन्द पाण्डे, मोहन दास, इनल महतो, जिउत यादव, राजेन्द्र पाण्डे, बब्लु पाण्डे, मदन पासवान, रामबालक महतो, मेघराज पासवान, रामलास साह, महादेव वैठा, अवधेश साहलगायत रहेका छन् ।

सोही अवसरमा लोसपाले करिब एक सय जनालाई पार्टी सदस्यता वितरण गरेको छ । कार्यक्रममा लोसपा नेता राजकुमार यादव, राजेन्द्र महतो, नगर सदस्यद्धय विजयमल्ल ठाकुर र अशोक पासवानलगायत लोसपा नेताकार्यकर्ताको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्