कांग्रेस जीतपुरसिमराको नगर समिति चयनका लागि निर्वाचन हुने


eShilalekh

७ आश्विन २०८३, बुधबार १९:१९

सिमराः नेपाली कांग्रेसको जीतपुरसिमरा उपमहानगर समितिको नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सिमरामा जारी अधिवेशनको बन्दसत्रले सर्वसम्मत् नेतृत्व चयन गर्न नसकेपछि मतदान हुने निश्चित भएको हो ।

यसअघि सर्वसम्मत् नेतृत्व चयनका लागि प्रयास गरिएको थियो । तर अध्यक्षमा दावी प्रस्तुत गरेका वर्तमान नगर सभापति छविलाल शर्मा र आकांक्षी रमेश पण्डितले आ–आफ्नो अडान नछाडेपछि निर्वाचन हुने भएको हो ।

अध्यक्षका लागि दावी प्रस्तुत गरेका शेखर भण्डारीसामू भने कांग्रेसको विधानले व्यवस्था गरेको मापदण्ड तगारो बन्ने देखिएको छ । अध्यक्षका लागि अब शर्मा र पण्डित चुनावी मैदानमा उत्रिने देखिएको छ । मतदानमा झण्डै ५ सय ८३ प्रतिनिधि सहभागी हुँदैछन् ।

निर्वाचनका लागि अधिवक्ता सूर्यजीत सिंह संयोजक तोएिका छन् भने सुवास जयसवाल सदस्य छन् । निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्