रौतहटबाट पेस्तोलसहित एक भारतीय पक्राउ


eShilalekh

७ आश्विन २०८३, बुधबार १७:३०

सिमराः प्रहरीले रौतहटबाट बुधबार कटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला मोतिहारी श्रीपुर ग्रामका ३७ वर्षीय गोविन्द दास रहेका छन् ।

पेस्तोल बोकेर हिडिरहेको सूचना पाएपछि प्रहरी चौकी नरकटिया मोतिपुरका प्रहरी सहायक निरीक्षक ज्ञानबहादुर श्रेष्ठ र सशस्त्र प्रहरीको बंकुलस्थित पोष्टका सशस्त्र प्रहरी वरिष्ठ हवल्दार उमेशप्रसाद यादवको नेतृत्वमा रहेको प्रहरी टोलीले दासलाई पक्राउ गरेको हो । दासको साथबाट १२ बोरे पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त गौतमले जानकारी दिएका छन् ।

पक्राउ परेका दासलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको डीएसपी गौतमले इशिलालेखलाई बताए ।

प्रतिक्रिया दिनुहोस्