अनेरास्ववियुको जीतपुरसिमरा नगर कमिटी गठन


eShilalekh

१४ फाल्गुन २०७८, शनिबार १८:१६

सिमरा: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को जीतपुरसिमरा नगर कमिटी गठन भएको छ । डुमरवानामा शनिवार सम्पन्न प्रथम उपमहानगर सम्मेलनले ईश्वर बस्नेतको अध्यक्षतामा नगर कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा फिरोज शेख, सचिव अरुण तामाङ, सहसचिव खुशी श्रेष्ठ, कोषाध्यक्ष नितेश घिमिरे रहेका छन् । यसैगरी कमिटीको सदस्यमा सलोनी मोक्तान, सोनु शर्मा, सक्रिम कार्की, राहुलराज भारती, रितिका श्रेष्ठ, उत्तमकुमार साह, अजउ कुशवाहा, अमरकुमार यादव, अफताब मिया मंसुरी, रमेश दहाल, संचिता खनाल, सिर्जना गिरी, दिव्या शाही ठकुरी, अतेश थामा मगर, संजय गुरुङ, समिर लुईटेल, अजिता आचार्य र गोविन्द दंगाल सर्वसम्मत चयन भएका छन् ।

कार्यक्रममा नेकपा एमाले पोलिटव्युरो सदस्य, मधेस प्रदेश सहईन्चार्ज ज्वालाकुमारी साह, एमाले बाराका अध्यक्ष विनोद साह, एमाले प्रदेश कमिटी सदस्य चयन मगर गुरुङ, एमाले बारा उपसचिव अमृतशर्मा बजगाई, अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य त्रिलोक विक्रम शाह, एमाले जिल्ला कमिटी सदस्य मनोज पौडेल, कमला घिमिरे, तारा कार्की, भावना आचार्य, आसमहमद अंसारी, सिमा ठकुरी, अनेरास्ववियु केन्द्रीय सदस्य राजकुमार न्यौपाने, मनिष प्याकुरेल, जिल्ला अध्यक्ष कपिल खरेल, एमाले पूर्व जिल्ला कमिटी सदस्य राजुराज गिरी, प्रलाद साह, एमाले वडा नं. २ का अध्यक्ष रविन्द्र खकुरेल, १४ का अध्यक्ष यमनाथ ढकाल, १५ का अध्यक्ष राजकुमार अर्याल, २२ का अध्यक्ष दीपेन्द्र लामा, अनेरास्ववियु जिल्ला कमिटी सदस्य सरोज खनाल, अतिष श्रेष्ठ, लक्ष्मी तिमिल्सिना, विज्ञान चापागाईलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्