भीमफेदी दुर्घटना : मृतकमध्ये दुई जनाको पहिचान खुल्यो


eShilalekh

२६ कार्तिक २०८३, बिहीबार ११:५८

सिमराः मकवानपुरको भीमफेदी गाउँपालिका-६ स्थित चिसापानी गढीमा बिहिवार बिहान इभी दुर्घटना हुँदा मृत्यु भएका १० जनामध्ये दुई जनाको पहिचान खुलेको छ ।

मृतकमध्ये दुई जनाको शव हेटौंडा अस्पताल ल्याइएको छ भने बाँकी आठ जनाको पहिचान खुल्न बाँकी छ ।

मृत्यु हुनेमा गाडी चालक सर्लाहीको कबिलासी नगरपालिका-८ का करिब ३० वर्षीय रविशंकरकुमार मण्डल र सर्लाहीकै चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुरटोल का सुवेक यादव रहेका छन् ।

काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको इभी गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो।

प्रतिक्रिया दिनुहोस्