एमसीसीको विरोध गर्दै सिमरामा युवाको प्रदर्शन


eShilalekh

१६ फाल्गुन २०७८, सोमबार १०:२४

सिमरा: सरकारले संसदबाट अनुमोदन गराएको एमसीसीको विरोधमा स्थानिय युवाले सोमबार विहान सिमरामा प्रदर्शन गरेका छन् । पथलैया–सिमरा सडकखण्डमा पर्ने हुलासमा स्थानिय युवाले टायर बालेर प्रदर्शन गरेका हुन् ।

युवाको प्रदर्शनका कारण उक्त सडकखण्डमा करिब एक घण्टा यातायात अवरुद्ध बनेको थियो । एमसीसीकै विरोधमा विप्लप नेतृत्वको नेकपासहित विभिन्न पार्टीले आवहान गरेको नेपाल बन्दले प्रभावित सडकमा गुडेका केही सवारीसाधन युवाको प्रर्दशनका कारण रोकिन पुगेका थिए ।

सडकमा टायर बालेर प्लेकार्डसहित सडकमा देखिएका युवाले एमसीसीले राष्ट्रको हित नगर्ने भन्दै सम्झौता पारित नगर्न माग राख्दै नाराबाजी गरेका थिए । व्याख्यात्मक घोषणासहित अनुमोदन गरिएको एमसीसी खारेज गर्न युवाहरुले सरकारसंग माग गरेका छन् ।

स्थानिय युवाको प्रदर्शनले अवरुद्ध सडक ईलाका प्रहरी कार्यालय सिमराका प्रहरीले खुलाएका थिए । अवरुद्ध सडक खुलाउन प्रहरीले हस्तक्षेप गर्ने देखिएपछि युवाहरुले सडक छाडेका हुन् ।

प्रतिक्रिया दिनुहोस्