एकिकृत समाजबादीका अध्यक्षसहित वडा कमिटी एमालेमा फर्किए


eShilalekh

१७ फाल्गुन २०७८, मंगलवार २०:१०

सिमरा: एकिकृत समाजबादीको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ को वडा कमिटी नेकपा एमालेमा फर्किएको छ । एमालेद्धारा आयोजित मंगलवार आयोजित एक कार्यक्रमकाबीच अध्यक्ष गंगा पटेलको वडा कमिटी एमालेमा फर्किएको हो ।

पटेल समाजवादीका जिल्ला कमिटी सदस्य समेत हुन् । समाजवादीबाट ४५ जना नेताकार्यकर्ता एमालेमा फर्किएको एमाले नेता मनोज पौडेलले जानकारी दिए । एमाले फर्किएका समाजवादीका नेताकार्यकर्तालाई एमाले केन्द्रीय सदस्य एवम् बारा सहईन्चार्ज सरस्वती चौधरी, प्रदेश कमिटी सदस्य भुदेव चौधरी, एमाले बाराका पूर्वअध्यक्ष देवनारायण चौधरी, जिल्ला सदस्य अनिता चौधरी, सरिता सापकोटालगायतले स्वागत गरेका थिए ।

समाजवादीबाट एमाले फर्कनेमा बन्धन चौधरी, मोहित ठाकुर, कृष्णकुमार सिंहलगायत रहेका छन् । यसैगरी सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी अन्य नेताकार्यकर्ता समेत एमाले प्रवेश गरेको नेता पौडेलले बताए ।

एमाले वडा कमिटी अध्यक्ष पुनदेव रायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. ६ का अध्यक्ष कैमुदिन अंसारी, ९ का अध्यक्ष प्रभुनाथ चौधरी, पूर्व जिल्ला कमिटी सदस्य सुनिल गुप्ता, त्रिलोक विक्रम शाह, मनोजकुमार साह, अनलि गुप्ता, फिरोज अंसारी, अनेरास्ववियुका केन्द्रीय सदस्य मनिष प्याकुरेललगायतको उपस्थिती रहेको थियो ।

कर्यक्रममा शिवशंकर कुशवाहाले स्वागत मन्तब्य राखेका थिए भने सहजीकरण छोटेलाल चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्